न्यायाधीश समाजको अध्यक्षमा सपना मल्ल निर्वाचित

17.7k Shares

काठमाडौँ । न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छिन् । मंगलबार  भएको साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो । 

समितिको उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । समाजको महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर र कोषाध्यक्षमा बालेन्द्र रुपाखेती निर्वाचित भएका छन् । सदस्यहरुमा राजेश्वर तिवारी, तेजनारायण सिंह राई, दुर्गा खड्का, पूर्व न्यायाधीश शेखर पौडेल लगायतका छन् ।

सम्बन्धित समाचार