सामाजिक सदभाव खलबल्याउने प्रयास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

18k Shares

पोखरा,  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको सामाजिक सदभावमा आँच ल्याउने प्रयास भैरहेकोले सचेत रहन आग्रह गरेका छन् ।उनले बहुचाडबाडलाई कसैले विभेदकारी रूपमा हेरिएको छैन,’ उनले भने, ‘आजभोलि सामाजिक सदभाव भड्काउने प्रयास भइरहेको छ । सांस्कृतिक, बहुभाषिक मुलुकमा अहिलेसम्मको मिलाप भत्काउन लागिएको बताए ।‘जुनसुकै भाषा बोलेपनि, चाड मानेपनि हामीसँग सामाजिक सदभाव छ ।’ उनले धरान, नेपालगन्ज लगायत क्षेत्रमा दङ्गा बढ्नुमा कुनै पक्षको अदृश्य स्वार्थ रहेको बताए । । ‘गाउँ गाउँमा सामुदायिक भवन बनेका छन् । तर वर्षमा २–४ दिनभन्दा प्रयोग हुँदैन,’ उनले भने, ‘समुदायमा एउटा भवन ठिकै हो । तर जात, समूह र धर्मको आधारमा भवन बनाउने क्रम छ । यो राम्रो होइन । यसलाई रोक्नुपर्छ ।’ प्रधानमन्त्री, मुख्यमन्त्री देखि गृहमन्त्री समेत गोरखाको हुँदा यो सोच्नु स्वाभाविक पनि हो । यसले हामीलाई प्रेसर बढेको छ,’ पाण्डेले थपे, ‘विगतभन्दा यो वर्ष विकासको बजेट बढेको छ । ११ वटै जिल्लामा मेरो दायित्व छ । तर आफ्नो जन्मथलो ४ वर्ष सरकारमा रहिरहे भने गोरखाको मुख्य मुख्य पूर्वाधार निर्माण गरिछाड्छु ।’ पाण्डेले जन्मभूमिका लागि केही योगदान गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार