नबिल फन्ड-२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

17.6k Shares

काठमाडौ, २५ असोज । नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश सुरक्षित गर्ने आज असोज २५ गते बिहीबार अन्तिम दिन हो ।

फन्डले लाभांश प्रयोजनको लागि असोज २६ गते एकदिन बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम इकाइ धनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउने छन् । 

यस  फन्डले आर्थिक वर्ष २०७९-८० को नाफाबाट ९.६% नगद लाभांश (प्रतिफल) घोषणा गरेको छ । यस फन्डलाई नबिल बैंकले प्रवर्द्धन गरेको छ ।

सम्बन्धित समाचार