राष्ट्रियसभामा गण्डकीबाट एमालेका ९ जनाको नाम सिफारिस

16.7k Shares

काठमाडौँ ।  आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकीले उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रदेश कमिटी बैठकले ९ जनाको नाम सिफारिस गरेको हो।केन्द्रिय कमिटिलाई अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, बाग्लुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस भएको छ।

अपांग अल्पसंख्यकमा कास्किका मेघराज शर्मा, मुस्ताङको हेमन्त शेरचन र गोरखाकी मिना बरामको नाम सिफारिस भएको छ। यस्तै, महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्किकी सगुन गुरुङ र स्याङजाकी इश्वरी सिग्देल अर्यालको नाम गण्डकी प्रदेश कमिटीले पठाएको छ।

माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल फागुन २० गते सकिँदै छ।अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन्। पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन्।

सम्बन्धित समाचार