16k
Shares
जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कहिले ढल्छ टुङ्गो नरहेको बताए। बुधबार एमाले मधेस प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आएका उनले प्रचण्ड नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबी समेत गरेका हुन् ।
उनले भने, सरकार कहिले ढल्छ त्यो अहिले चर्चा नगरौँ । तर यो रहने सरकार भने होइन । एमाले अधिवेशनले मधेस प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले पहिलो पटक प्रदेश स्तरीय अधिवेशन गर्न लागेको हो । बुधबारदेखि सुरु हुने अधिवेशन दुई दिन चल्नेछ ।