कुशेमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु, एक गम्भीर

14.7k Shares

सुर्खेत, २३ असाेज । जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ।

घाइते ९ महिने  निर्जला सिंहको उपचारका लागि छेडागाड नगरपालिकाको थलहमा लैजाँदै गर्दा बाटोमै सोमबार बिहान ४ बजे मृत्यु भएको थियो भने अर्की ३ वर्षीया सुस्मिता सिंहको आइतबार बेलुकी ९ बजे नै मृत्यु भएको टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए।

 

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंह समेत अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकी हुन्। ​ गाइगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालको टोकेको थियो। 

सम्बन्धित समाचार