अक्षय कुमारको 'मिसन रानीगञ्ज' ले गर्‍यो बक्स अफिसमा राम्रो सुरूवात

20.5k Shares

काठमाडौं, २१ असोज । गत शुक्रबारदेखि प्रदशनमा आएको  बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'मिसन रानीगञ्ज' ले बक्स अफिसमा राम्रो सुरूवात गरेको छ।  फिल्मले दुई दिनमा ७ करोड ५० लाख भारू कमाएको छ। २ करोड १० लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४ करोड ७० लाख भारू कमाएको हो। यो फिल्म सत्य घटनामा आधारित छ।  
 
टिनु सुरेश देसाईंले निर्देशन गरेको फिल्ममा अक्षयसँगै परिणिती चोपडा, कुमुद मिश्रा, पवन मल्होत्रा, रवि किशन, वरुण बडोला, दिव्यन्दु भट्टाचार्य, राजेश शर्मा, वीरेन्द्र सक्सेना, शिशिर शर्मा, अनन्त महादेवन, जमील खान, सुधीर पाण्डे, बचन पचेरा, मुकेश भट्टलगायत कलाकारको अभिनय छ।

सम्बन्धित समाचार