14.2k
Shares
हुम्ला । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । आइतबार बिहान ११ बजे सदरमुकामबाट सिमकोट गाउँपालिका– २ ठेहे जाँदै गरेको बोलेरो जीप सिमकोट गाउँपालिकास्थित मानसरोवर विद्यालयनजिकै भएकाे दुर्घटनामा सिमकोट गाउँपालिका– २ का वडाध्यक्ष देवजग बोहोरा र वडा नम्बर ३ का वडाध्यक्ष पामा लामासहित नौजना घाइते भएको हुन् ।
प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार नभएपछि जिल्लाबाहिर लैजानका लागि हेलिकोप्टरको तयारी भइरहेको छ । जीप सडकभन्दा दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।