लेकसाइडको होटलबाट हाम्फालेका चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु

18k Shares

पोखरा, २० असोज । पोखरामा एक चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु भएको छ । 

पोखराको लेकसाइडस्थित एक होटलको तेस्रो तलावाट हामफालेका ती चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु भएको हो । 

गत बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फालेका चीनियाँ नागरिक ४१ वर्षीय सन ग्याङ्ग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएकाे हाे ।

मध्यरातमा हाम फाले पछि गम्भिर घाइते भएका उनलाइ सुरुमा गण्डकी मेडिकल कलेजमा लगिएको तर त्यहाँ उपचार सम्भवः नभए पछि पोखरा अस्पताल लगिएको थियो तर उपचारको क्रममा नै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनको शुक्रबार दिउँसो निधन भएको हो । 

उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनी दुई हप्तादेखी सोही होटलमा बस्दै आएका थिए । उनले आत्महत्याको प्रयास गरेको हो कि चिप्लिएर लडेको हो ? भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार