सुनसरी र कैलालीबाट लागूऔषधसहित चारजना पक्राउ

19.5k Shares

काठमाडाैं, १९ असाेज । सुनसरी र कैलालीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । सुनसरीकाे कोशी गाउँपालिका-१ हटियालाइन लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ५६ ग्राम ५० मिलिग्रामसहित भोक्राहानर्सिङ गाउँपालिका-६ बस्ने २४ वर्षीय नजाम आलमसमेत दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश १-०२-०४८ प ४९७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

 

कैलालीकै धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन ७ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय मुकेश कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

 

कैलालीकै गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागूऔषध चरेश ३ किलो ५ सय ग्रामसहित बझाङ बुङ्गल नगरपालिका-२ बस्ती घर भई कञ्चनपुर कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामीलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरीले से.२ प २८५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  

 

सम्बन्धित समाचार