पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपाने र कोषाध्यक्षमा बस्नेत बिजयी

17.7k Shares

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुरको २६ औं महाधिवेशनले अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल विजयी भएको छ ।
सो प्यानलमा उपाध्यक्ष रनसुर महतरा, सचिव रामहरी कार्की, सहसचिव, कोषाध्यक्ष राजु बस्नेत र सदस्यहरुमा महिला सदस्य गोमा पाण्डे, रामशरण काफ्ले, अनिल पन्त, अविन लिम्बु, दीपक अर्याल, विष्णु बहादुर आले, केशव घिमिरे, कृष्ण पौडेल र विनोद श्रेष्ठलगायत विजयी भएका छन् ।
त्यस्ते केन्द्रीय परिसर सदस्य संगिता खड्का, ओपेन्द्र शर्मा, प्रविण कुमार चौधरी, इन्द्र राउत, लक्ष्मण दर्नाल, विजया शर्मा, पदम विश्वकर्मा (लेकाली(, वासुदेव श्रेष्ठ, सुरेन्द्र चालिसे र डिल बहादुर ठोकर विजयी भएका छन् भने इश्वरराज ढकाल र संचिता घिमिरे पराजित भएका छन् ।
चैत २५ गते भएको निर्वाचनमा ३८३ मत खसेको निर्वाचन समितिका संयोजक कमल गिरीले जानकारी दिए । अहिले देशभर मतगणना जारी छ ।

सम्बन्धित समाचार