नेपाल र लाओसबीच हुने फुटबलको टिकट मूल्य तय ! ५०० र ३०० रुपैयाँ हुने

18k Shares

काठमाडौं । फिफा विश्वकप छनोटको पहिलो चरणअन्तर्गत हुने नेपाल र लाओसबीचको खेलका लागि टिकट मूल्य तय गरेको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले टिकट मूल्य ५०० र ३०० रुपैयाँ तय गरेको हो ।  

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फाको आकस्मिक कार्यसमिति बैठकले लाओससँगको खेलका लागि भीआईपीतर्फ ५०० र साधारणतर्फ ३०० रुपैयाँ टिकट मूल्य तय गरेको हो । 

बैठकले विश्वकप छनोटका लागि उपाध्यक्ष दीपक खतिवडालाई संयोजनको जिम्मेवारी सुम्पिएको छ । यस्तै, टिकट व्यवस्थापनका लागि एन्फाका केन्द्रीय पुरुषोत्तम थापा, विकासनारायण श्रेष्ठ र प्रवक्ता सुरेश शाहलाई जिम्मेवारी दिईएको छ । 

छनोटको पहिलो चरणमा नेपालले असोज १२ गते पहिलो लेगमा लाओससँग घरेलु मैदानमा खेल्ने तालिका छ । त्यसपछि नेपाल दोस्रो लेगका लागि लाओस जानेछ । छनोटको दोस्रो लेग असोज ३० गते हुनेछ । 

सम्बन्धित समाचार