16.5k
Shares
काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बिद्दार्थीको दिवा खाजा रोकिएकोमा आपत्ति जनाएका छन ।प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै कांग्रेस सांसद यादवले दिवा खाजा रोकेर सरकारले बालबालिका माथी अपराध गरिरहेको आरोप लगाएका हुन् ।
‘धनुषाको सामुदायिक बिधालयमा दिवा खाजा रोक्का गरिएको छ, गरिबका बिधार्थीले पाउँदै आएको दिवा खाजा रोकिएकाले उनीहरु भोकभोकै परेका छन, यो दिवा खाजा तुरून्त खुवाउन सुरू गरियोस,’ यादवकाे माग रहेकाे छ । उनका अनुसार सरकारका कारण जनतामा क्रमशः आक्रोश बढाएको छ, जसलाइ तत्कालै सम्बाेधन गर्नु पर्ने उनकाे भनाइ छ ।