गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ

18k Shares

धनगढी, १५ असोज ।  कैलालीको गोदावरी नगरपालिका–६ घुएराबाट लागुऔषधसहित एक जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोहि ठाउँका २६ वर्षीय जयकिसन चोधरी रहेका छन्।

चौधरीको साथबाट ८६० मिलिग्राम लागुऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ। उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

 

सम्बन्धित समाचार