माओवादीले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने

15.9k Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन आज आइतबार फिर्ता लिने भएको छ । समर्थन फिर्ताका लागि माओवादी केन्द्रले सबै तयारी पूरा गरिसकेको बुझिएको छ ।
माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले आइतबार समर्थन फिर्ता लिइने जानकारी दिए । उनले भने,‘हामी आज आइतबार नै स्थायी कमिटी बैठक बसेर सरकारलाई दिइआएको समर्थन फिर्ता लिन्छौं ।’
माओवादी केन्द्रले सरकारलाई दिइआएको समर्थन फिर्ता लिन दबाब बढिरहँदा पुनले नयाँ खुलासा गरेका हुन् । नेपाली काँग्रेसले शुक्रबार नै सरकारको नेतृत्व लिन पहल गर्ने निर्णय गरिसकेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय समेत मागेको छ ।

सम्बन्धित समाचार