मनकामना केबलकार असोज १७ र १८ गते बन्द हुने

16.2k Shares

काठमाडौँ ।  मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ । 

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने कम्पनीको भनाइ छ  । असोज १९ गतेदेखि भने केबलकारको  नियमित सेवा सुरु हुने जनाइएको छ । 

सम्बन्धित समाचार