सिटिजन लाइफ इन्सुरेन्सको पहिलो कारोबार सूरू

18.3k Shares

काठमाडौ, १४ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन लाइफ इन्सुरेन्सको सेयर कारोबार सुरु भएको छ । आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा सिटिजनको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार सुरु हुनेछ । 

 

नेप्सेले यसको ओपनिङ रेन्ज भने प्रतिकित्ता १७२.४३ रुपैयाँदेखि ५१७.२९ रुपैयाँसम्म तोकेको थियो । ‘सीएलआई’ संकेतमा सिटिजनको सेयर कारोबार खुला भएको हो । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड ७५ लाख कित्ता सेयर बुधबार सूचीकृत भएको थियो ।

सम्बन्धित समाचार