कोरोना संक्रमित भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना

17.1k Shares

कोरोना संक्रमण भएका भारतका चर्चित पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । शुक्रबार तेन्दुलकरले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू अस्पताल भर्ना भएको जानकारी दिएका हुन् ।
आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै उनले आफू चिकित्सकको सल्लाह बमोजिम अस्पताल भर्ना भएको र केही दिनमै निको भएर घर फर्कने आशा व्यक्त गरेका छन् ।
‘मेरो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद । चिकित्सकको चिकित्सा सल्लाह अनुसार मलाई अस्पतालमा भर्ना गरिएको छ । म केही दिनमा घर फर्कने आशा गर्दछु । तपाई सबैले आफ्नो ख्याल राख्नुहोस् र सुरक्षित रहनुहोस्’, सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे केही उल्लेख गरेका छैनन् ।
तेन्दुलकरलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी घरमै आइसोलेसनमा बसेका थिए ।

सम्बन्धित समाचार