20k
Shares
नेपालगञ्ज, १० असोज । बाँकेमा एउटा पाटेबाघ मृत फेला परेको छ। राप्ती सोनारी गाउँपालिका–२ स्थित डिभिजन वन कार्यालय अन्तर्गत अशोक सामुदायिक वनभित्र पाटेबाघ मृत फेला परेको हो।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले मंगलबार बेलुका ८ बजेतिर मरेको अवस्थामा बाघ फेला परेको जानकारी दिए। बाघ मानव बस्तीदेखि करिब साढे दुई सय मिटरभित्र जंगलमा फेला परेको थियो। बाघ मर्नुको कारण पोष्टमर्टमपछि मात्रै थाहा हुने बताइएको छ।