बाजुराबाट सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

19k Shares

बाजुरा, ९ असोज । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ।

मंगलबार बिहान ९:२३ बजे विच्छ्याँ स्वास्थ्यचौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको अत्यधिक रक्तस्राव भएपछि उनलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

उनको थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा लगिएको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राजबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार बिहान बच्चा जन्मिएपछि रोकायाको रगत बग्ने क्रम नरोकिएको र सालनाल समेत नआएपछि उनको ज्यान जोखिममा पर्ने भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपानी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। रोकायाको अहिले सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।

सम्बन्धित समाचार