16.8k
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्थित नयाँ बजारबाट प्रहरीले ५ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–२ घर भएका ६५ वर्षीय रण बहादुर तामाङ सहित ५ जना छन् । जुवा खालबाट ३९ हजार २ सय रुपैयाँ नगद बरामद गरिएको छ।
नयाँबजार बम्बई गल्ली स्थित रण बहादुर तामाङको कोठामा आरोपितहरूले जुवा खेलेका हुन् । जुवा खालबाट ३ बुक तास बरामद गरिएको छ । सोमबार साँझ पक्राउ गरेर उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।