16.7k
Shares
तनहुँ । तनहुँको तनहुँ ब्यास नगरपालिकामा करेन्ट लागेर एक पुरुषको शुक्रबार मृत्यु भएको छ । नगरपालिकाको वडा नं. ११ मुलपानी बस्ने ५२ वर्षीय वीरबहादुर तामाङ आफ्नै घरको बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागी घाइते भएका थिए ।
उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल दमौली तनहुँमा ल्याएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको छ। उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।