'देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको छ' - मदनकृष्ण श्रेष्ठ

16.6k Shares

काठमाडौं । ‘वरिष्ठ’ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गरे ।

अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै उनले दुःख व्यक्त गरे । अहिले विकृति झनै मौलाइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

“अहिले भ्रष्टाचारको पराकाष्ठा भइरहेको छ । तस्करको पराकाष्ठा भइरहेको छ । पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको छ । त्यो बेला सबै राम्रो होइन ।

सम्बन्धित समाचार