देशभरका स्वास्थ्य संस्था सञ्चालनमा

22.5k Shares

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएपछि आजदेखि देशभरका स्वस्थ्य संस्थाका बहिरंग सेवा (ओपीडी) सञ्चालनमा आएका छन् । सरकार र संघबीच ६ बुँदे सहमति भई आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा सञ्चालनमा आएको हो ।

सहमति भएसँगै देशभरका स्वास्थ्य संस्था सञ्चालनमा आएको संघका महासचिव डा.सञ्जिव तिवारीले जानकारी दिए ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार आइतबार देशभरका सरकारी र निजीसहित १० हजार १३९ स्वास्थ्य संस्थाबाट करिब ६० हजार बिरामीले स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका थिए ।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा बिरामीको उपचार गरिरहेको अवस्थामा डा.विकास थापा र डा प्रशान्त बिडारीमाथि बिरामीका आफन्तले आक्रमण गरेका थिए । सोही घटनालाई दिएर संघले आन्दोलन थालेको थियो । 

सम्बन्धित समाचार