थप १२ न्यायाधीशको सरुवा

16.6k Shares

काठमाडौं। न्याय परिषद्‌को बैठकले थप १२ न्यायाधीशको सरुवा गरेको छ। परिषद्‌को आइतबार बसेको बैठकले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ न्यायाधीश सरुवा गरेको हो। 

 

यसअघि भदौ २९ गते बसेको परिषद्‌को बैठकले ३४ उच्च अदालतका न्यायाधीश र २६ जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको थियो। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षमा बसेको परिषद्‌को बैठकले उच्च अदालतका शारङ्गा सुवेदी, रत्नबहादुर वागचन्द, बलभद्र बास्तोला, बामदेव ज्ञवाली, रामबहादुर थापा, निलम पौडेल र उज्ज्वल शुक्लाको सरुवा गरेको हो। 

सम्बन्धित समाचार