‘जवान’ बन्यो छिटो ४०० करोड कमाउने फिल्म

15.3k Shares

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले  नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् ।

एकातिर बलिउडको स्टारडम र मेगा बजेट भने अर्कोतिर साउथ उद्योगको जीवन्त स्टाइल र जबर्जस्त एक्सन दृश्य ‘जवान’को सफलताको कारण हो ।

शाहरुख एक मात्र स्टार हुन् जसको एकै वर्षमा रिलिज भएका दुई फिल्मले ४०० करोड भारुको आँकडा पार गरे । भारतीय फिल्म विश्लेषक तरण आदर्शका अनुसार ‘जवान’ले प्रदर्शनको ११ दिनमै ४०० करोड भारु कमाएको छ । ‘पठान’लाई यो आँकडा पार गर्न १२ दिन लागेको थियो ।

 
सम्बन्धित समाचार