'म बाँच्न चाहन्छु, मलाई बचाउनुहोस् ! तपाईको एउटा सहयोगले मैले नयाँ जीवन पाउँछु' - क्यान्सर पिडित जमुना

18.4k Shares

काठमाडौँ । काठमाडौँ स्थायी बसोबास गर्दै आइरहकी जमुना कुमारी थापा अहिले क्यान्सर रोगबाट ग्रसित छिन् । गत तीन महिनादेखि पाठेघरको क्यान्सर रोगको तेस्रो चरणसँग उनी लडिरहेकी छिन् । स्थायी घर झापा भएकी जमुना हालसालै चाबहिलको मित्रपार्क वडा नं. ८ मा विगत २७ बर्षदेखि भाडामा बसोबास गर्दै आइरहेकी छिन् ।

तीनपल्ट किमो गराइसकेकी उनी अहिले आर्थिक अभावका कारण खस्केकी छिन् । भक्तपुर क्यान्सर अस्पतालबाट किमो लिँदै आइरहेकी जमुनाको पैसा अभावका कारण अहिले किमो रोकिएको हो । सिंगल अभिभावक उनी पैसा नहुँदा लाचार बनेकी छिन् । उनलाई सहयोग गर्ने न उनका माइतीनै छन् न ससुरालीनै न कुनै नातेदारनै । उनको श्रीमान्को पनि लिभर फेल भएर केही बर्षअघिनै मृत्यु भइसकेको छ ।

अब्बल गायिका तथा बरिष्ठ शिक्षिका उनी अहिले क्यान्सर रोग लागेर थला परेपछि घरको खर्च टार्ने धौ धौ परिरहेको छ । पैसा अभावकै कारण छोरीको ब्याचलर पढाई पनि अगाडी बढाउन नसकेको उनले पिडा सुनाइन् । आफुले पढाउने स्कूलका टिचरहरुबाट चन्दा संकलन गरेर ३ पटक किमो गराइसकेकी अहिले उनी कतैबाट पैसा जुटाउन नसकेपछि उनको किमो उपचार रोकिएको छ ।

यस्तैमा उनले सर्वसाधारणसमक्ष सहयोगको याचना गरेकी छिन् । घरमा कमाउने उनी एक्ली हुन् । सात महिनादेखि काम गर्न नसक्ने भएपछि उनको अहिले आम्दानीको श्रोतनै बन्द भएको छ । आफु बसेको घरको भाडासमेत तिर्न उनी अहिले असमर्थ छिन् । गहभरी आँसु झार्दै उनी भन्छिन् म बाँच्न चाहन्छु, मलाई बचाउनुहोस् ! तपाईको एउटा सहयोगले मैले नयाँ जीवन पाउँछु' उनी बताउँछिन् । उनलाई सहयोग गर्न तल दिएको फोन नम्बर वा प्रत्यक्ष उनको खाता नम्बरमा पैसा पठाउन उनी सबै समक्ष सहयोको आग्रह गर्छिन् ।

जमुना कुमारी थापा - Mobile No : 9803035230

Account No : 01905080213264 (Nepal Investment Mega Bank), Baneshwor

Jamuna Kumari Thapa

सम्बन्धित समाचार