वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

16.2k Shares

काठमाडौं, २६ भदौ । अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा बिर्तामोड खलंगा ४ स्थाई घर भई हाल काठमाडौंको सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरी रहेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार सिनामंगलबाट पक्राउ गरेको हो।

चौधरीले वैदेशिक रोजगारीको लागि अल्वानिया पठाइदिन्छु भन्दै पीडितलाई प्रलोभनमा पारी पटक पटक गरी २ लाख ७२ हजार रकम लिइ सम्पर्क विहीन भएकी थिइन्। पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार