काठमाडौँ । फिल्म ‘रङ्गेली’को छायाङ्कन सुरु भएको छ । ग्याङ्गस्टार कथामा निर्माण हुन लागेको हाे। फिल्मले मंगलबारदेखि सुनसरीको इटहरीबाट छायाङ्कन थालेको हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडालगायतको मुख्य भूमिका रहनेछ । फिल्मको सोमबार मोरङस्थित काली मन्दिर रंगेलीमा शुभ मुहूर्त समेत गरिएको थियो ।
अर्जुन सुवेदीको निर्देशन रहने फिल्मको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव थपलिया हुन् ।
प्लानेट थ्री फिल्मस् एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा बन्न लागेको फिल्मको पहिला ‘रङ्गेली ग्याङ्स्टर्स’ शीर्षक राखिएको थियो । पछि निर्माण टिमले शीर्षक परिमार्जित गरेर ‘रङ्गेली’ मात्रै राखेको हो ।