ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २४, धापाखेल मखुण्डोल टोल कमिटी गठनसहित १ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
ललितपुर नेपाली कांग्रेस सभापति मदनबहादुर अमात्यको प्रमुख अतिथ्यतामा टोल कमिटी गठन गर्नुका साथै पार्टी प्रवेश कार्यक्रम गरिएको थियो ।
धापाखेल मखुण्डोल टोल कमिटी गठन हुनुका साथै ललितपुर महानगरपालिका वडा नं. २४ नेपाली कांग्रेस सभापति उमेस केसीको पहलमा करिब १ सय ५० जना पार्टी प्रवेश गरेका थिए । प्रजातन्त्रप्रति आस्था राखी नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि अमात्यले खादा ओढाई सम्मान समेत गरेका थिए । सो कमिटि गठन र पार्टी प्रवेश कार्यक्रममा समाजसेवी सुदर्शन घिमिरे, नेका जिल्ला सदस्य देवराज लामिछानेलगायतको उपस्थिति रहेको थियो ।
सो कमिटी गठन र पार्टी प्रवेश कार्यक्रमलाई सहयोग गर्ने नेपाली कांग्रेस इकाई कमिटी, भातृ संगठनहरु तथा सम्पूर्ण शुभचिन्तकहरुप्रति इकाई सभापति केसीले आभार प्रकट गरेका थिए ।