विभिन्न स्थानमा लटुटपाट गरेको आरोपमा ६ जना पक्राउ

18.8k Shares

मोरङ ।  मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा लटुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र सुनसरी प्रहरीको संयुक्त अप्रेशनपछि आइतबार उनीहरुलाई सार्वजनिक गरिएको हो । 

पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ४ बस्ने ३२ वर्षीय नसुदिन मिया, सोही नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय अलिम मुर्तुजा, मोरङको बुढिगंगा गाउँपालिका ४ बस्ने ४० वर्षीय रिवजवन मिया, भारत घर भई हाल सुनसरीको दुहबी नगरपालिका ६ बस्ने ४० वर्षीय मो.आलम, मोरङ बुढिगंगा गाउँपालिका ५ बस्ने २१ वर्षीय नजरुल मिया र बुढिगंगा गाउँपालिका ४ बस्ने २५ वर्षीय सिजाम आलम रहेका छन् ।

पक्राउ परेकाहरुबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान रड ३ थान, धारिलो चक्कु २ थान, पेचक १ थान बरामद गरिएको प्रहरीेले जानकारी दिएको छ  । 

सम्बन्धित समाचार