सारुक ताम्राकार मृत्यु प्रकणको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा र्याली

16.9k Shares

काठमाडौं।  अभिनेता सारुक ताम्राकारको निधनबारे छानबिनको माग गर्दै  काठमाडौंमा शनिवार  शान्तिपूर्ण र्याली निकालिएकाे छ । सारुकको निधन भएको दुई महिना बितिसक्दा पनि सत्य–तथ्य बाहिर नआएको भन्दै समर्थकहरुले ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्याली निकालेका  हुन् ।

 सारुकको मृत्यु प्रकरणको छानबिन् होस्, त्यसै ढाकछोप नपारियोस्, आमाले छोराको न्याय मागिरहेकी छिन् भन्ने नाराका साथ ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न उनका परिवार र समर्थकले सरकार आग्रह गर्दै आएका छन् । सारुकको मृत्यु पछि छोराको बियोगान्तमा उनका पित्ता सानु  ताम्राकारको समेत् उपचारको क्रममा मृत्यु भएको छ ।

सम्बन्धित समाचार