पाइलट बाबाले चितवनमा पाँचदिने आध्यात्मिक शिविर सञ्चालन गर्दै

19.9k Shares

काठमाडौँ।  चितवन जिल्लामा महायोगी पाइलट बाबाको ५ दिने आध्यात्मिक शिविर  सञ्चालन हुने  भएको छ। हरिद्वारस्थित पायलट बाबा आश्रम र महायोग फाउन्डेसनबाट प्राप्त जानकारी अनुसार आउँदो मंसिर ८ (नोभेम्बर   २४) गतेदेखि मंसिर १२ गतेसम्म (नोभेम्बर २८) सम्म चितवनको ‘लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट रिसोर्ट’मा आध्यात्मिक शिविर हुने भएको हो।

पाइलट बाबाको यो ध्यान-योग तथा समाधि विषयक आध्यात्मिक शिविर ‘भिजिट चितवन २४’ को पूर्वसन्ध्यामा भइरहेको छ। चितवन महानगरपालिकाले आगामी वर्ष २०२४ लाई ‘भिजिट चितवन’ वर्षका रूपमा मनाउने घोषणा गरेको छ।

पाइलट बाबाको म‌ंसिर ६ गतेदेखि हुने नेपाल भ्रमणमा बाबाको शिष्याद्वय महामण्डलेश्वर योग माता चेतना, महामण्डलेश्वर योग माता श्रद्धासाथै शिष्या सावित्री तथा थुप्रैको सहभागिता रहनेछ। यस आध्यात्मिक शिविरको संयोजन पत्रकार तथा लेखक ज्ञानमित्रले गर्दै छन्।

सम्बन्धित समाचार