मेस्सीको 'फ्री-किक' गोलको मद्दतमा अर्जेन्टिना विजयी सुरुआत

17.2k Shares

एजेन्सी: कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले विजयी सुरुआतत गरेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको हो ।अर्जेन्टिनाले ईक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सीले खेलको ७८ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरे । यो जितसँगै अर्जेन्टिनाले ३ अंक बटुलेको छ ।

मेस्सीको यो ६५औं फ्रीकिक गोल हो। योसँगै मेस्सीले विश्वकपको दक्षिण अमेरिकी छनोटमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि बराबरी गरेका छन्। उरुग्वेका लुइस सुआरेजको २९ गोलको कीर्तिमान मेस्सीले बराबरी गरेका हुन्। यस्तै, राष्ट्रिय टीमका लागि १७६ खेलबाट मेस्सीको यो १०४औं गोल हो।

विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत नै आज पेरु-पाराग्वे र कोलम्बिया-भेनेजुएलाबीच पनि खेल भएको थियो। पेरु र पाराग्वेले गोलरहित बराबरी खेले भने कोलम्बियाले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गर्‍यो।

छनोट अन्तर्गत भोलि नेपाली समय अनुसार बिहान ४:४५ मा उरुग्वेले चिलीको सामना गर्नेछ भने बिहान ६:३० मा ब्राजिलले बोलिभियाको सामना गर्नेछ। 

छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।

सम्बन्धित समाचार