नेपाल भर्सेस भारत : २ रन जोडेर कुशल मल्ल आउट

19.6k Shares

काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

 

२२.५ ओभरको समाप्तिमा नेपालले चौथो विकेट गुमाउने क्रममा कुशल मल्ल ५ बलमा २ रन जोडेर आउट भएका हुन् । यसअघि तेस्रो विकेट गुमाउने क्रममा २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ८ रन जोडेर आउट भएका थिए । 
१६ ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका थिए  । उनले १७ बलमा ७ रन जोड । 


नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।


२२.५ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १०१ रन जोडेको छ । 
 

सम्बन्धित समाचार