17.2k
Shares
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टचार भेटघाट भएको छ । सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत नोभिकभ बीच शिष्टचार भेटघाट भएको हो ।
भेटमा मन्त्री भुसालले दुई देश बीचको सहकार्यलाई प्रवर्द्धन गर्दै व्यापार, लगानी, ऊर्जा र पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहने बताए । दुई देश बीचको आपसी हितमा काम गर्नका लागि वर्किङ गु्रप गराउने तयारी भएको समेत बताए । यसले दुई देश बीचको व्यापार, कृषि र प्रविधिको क्षेत्रमा के कस्तो काम गर्न सकिन्छ सुझाव आदानप्रदानमा सघाउ पुग्ने बताए ।