वैदेशिक रोजगारीमा रहेका युवाहरुको समस्या समाधानका लागि विशेष आयोग गठन गर्न लिङ्देनकाे माग

18.4k Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक रोजगारीमा रहेका युवाहरुको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । 

सोमवार प्रतिनिधि सभा बैठकमा केही दिन अघि आफू साउदी अरव र युएईको भ्रमणमा गएको जानकारी गराउँदै उनले उनीहरुको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् ।  उनले भने, ‘केही दिन अघि मैले सबैभन्दा बढी कामदार रहेका साउदी अरब र युएईको भ्रमण गर्ने र त्यहाँ काम गर्ने नेपाली कामदारहरुसँग साक्षात्कार गर्ने अवसर पाएका थिए । नेपालमा गरिखान नपाएपछि उनीहरु त्यहाँ पुगे । तर, उनीहरुको अवस्था दयनीय छ । त्यहाँ रहेका राजदुतावासहरुको अवस्था पनि दयनीय छ । सरकारले त्यसले त्यहाँको राजदुतावासको स्थिति सुदृढ बनाओेस् । र वैदेशिक रोजगारमा रहेका युवाहरुको समस्या अध्ययन गर्न र समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर एउटा विशेष कमिशन गठन होस् भनेर माग गर्न चाहन्छु ।’

सम्बन्धित समाचार