नेकपा समाजवादीको सचिवालय बैठक बस्दै

17.1k Shares

काठमाडौं, १७ भदौ । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बस्दैछ । तर, समय भने अझै खुलाइएको छैन । 

आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्ने जनाईएको छ । 

बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि निर्णय हुन सक्ने बताइएको छ । 

सम्बन्धित समाचार