ललितपुर । ललितपुर जिल्ला धापाखेल निवासी भरत महर्जन एक कर्मशिल, आफ्नो लक्ष्यमा पुग्न सधैब क्रियाशिल रहने पात्रका रुपमा परिचित बन्नुभइसकेको व्यक्ति हुन् ।
महर्जनको एकल प्रयासमा ललितपुरकै प्रतिष्ठित संस्थाको रुपमा सुमेरु ग्रुपलाई लिन सकिन्छ । महर्जनले आफू अध्यक्ष भई संचालित सुमेरु सेभिङ्ग एण्ड को—अपरेटिभलाई ललितपुरकै प्रतिष्ठित सहकारीको रुपमा लान सफल हुनुभयो । यसरी ललितपुरकै प्रतिष्ठित सहकारीको रुपमा परिचित सुमेरु सेभिङ्ग एण्ड को—अपरेटिभलाई पाँच वर्ष अगाडि हेमराज दाहालको अध्यक्षतामा रहेका संचालक समितिलाई सम्पूर्ण जिम्मेवारी वहन गर्नेगरी सुम्पिनु भयो ।
त्यसपछि विशुद्धरुपमा समाजसेवामा लागेका महर्जन आफ्नो व्यक्तिगत काम र श्रीमतीको उपचारका लागि विदेशमा रहँदै आउनुभएको छ । उहाँको वास्तविकता के हो ? उहाँको झण्डै चार वर्ष अगाडि तयार पारेको भिडियोबाट प्रस्ट हुन्छ ।