15k
Shares
काठमाडौं, १६ भदौ । पूर्वयुवराज पारस शाह ह्याम्स अस्पतालबाट शनिबार डिस्चार्ज भएका छन्।
मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।