खोलाले बगाउँदा बेपत्ता भएका श्रेष्ठको शव फेला

16.5k Shares

झापा। झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई खोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका २४ वर्षीय सविन श्रेष्ठको दुई दिनपछि शव फेला परेको  छ । शव शनिवार दिउँसो फेला परेको प्रहरीको भनाइ छ । 

बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता हुनुभएको श्रेष्ठको गोताखोरसहितको टोलीले खोजी गर्दैआएको थियो । बिहानैदेखि खोलामा प्रहरीसहित गोताखोर टोलीले खोजीलाई तीव्रता बनाएको थियो । आवश्यक कानुनी प्रक्रिया र पोष्टमार्टमका लागि पठाइएको पनि प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित समाचार