क्वीन्टलका क्वीन्टल सुन तस्करी हुन धेरै खालका मान्छेहरुको सेटिङ छ : प्रधानमन्त्री दाहाल

16.7k Shares

 काठमाडौं, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताएका छन् ।

पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए ।

‘त्यस (सुन तस्करी)मा धेरै खालका मान्छेहरुको सेटिङ छ । सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो’ प्रधानमन्त्री प्रचण्डले भने ।

ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थचन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको उनको भनाइ छ ।

सम्बन्धित समाचार