एसिया कप : नेपालले लियो तेस्रो विकेट

18.7k Shares

काठमाडौं, १३ भदौ । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध खेलमा नेपालले तेस्रो विकेट लिएको छ । 


पाकिस्तानको मुल्तानमा भइरहेको खेलको २४ ओभरको चौथो बलमा नेपालले तेस्रो विकेट लिएको हो । पाकिस्तानका मोहम्मद रिजवानलाई नेपालका दिपेन्द्र सिंह ऐरीले रनआउट गरेका हुन् ।


यसअघि  सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको थियो । पाकिस्तानका इमाम उल हक रन आउट भएका थिए । छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् । 

 

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २४ ओभरको चौथो बल सकिँदा ३ विकेटको क्षतिमा १११ रन जोडेको छ । 
 

सम्बन्धित समाचार