काठमाडौंबाट पेस्तोलसहित युवक पक्राउ

18k Shares

काठमाडौं । काठमाडौंबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ का २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन्।

उनलाई बुढानीलकण्ठ नगरपालिका-४ पासिकोटबाट शुक्रबार राति ८ बजे ‘मेड इन युएसए’ लेखिएको १ थान पेस्तोल, त्यसमा लाग्ने चार राउन्ड ९ एमएम गोली र एकथान म्यागजिनसहित पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार पेस्तोलसहित पक्राउ परेका सुरज यसअघि ज्यान मार्ने उद्योगमा पाँच वर्ष जेल सजाय भोगेर ०७१ मा कैदमुक्त भएका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

सम्बन्धित समाचार