सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेलको उम्मेदवारी

20.3k Shares

काठमाडौं, १० भदौ । प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । 


सोही क्रममा सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । 


पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् । 


संसदीय समिति सभापतिमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमामलेबीच भागबन्डा गरिएको छ । 

सम्बन्धित समाचार