बनबासा पुलमा चार पांग्रे सवारी साधन सञ्चालन

17k Shares

कञ्चनपुर, ९ भदौ ।  महाकाली नदीमा पानीको बहाव घटेपछि शनिबारदेखि चार पांग्रे सवारी साधन सञ्चालन भएको छ

बिहीबारदेखि पानीको बहाव बढेपछि बन्द भएको शारदा ब्यारेजको बनबासा पुल तेस्रो दिन ठूला सवारी साधनका लागि आवगमन खुला गरिएको हो। शनिबार महाकालीमा पानीको बहाव ८५ हजार ७१९ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शुक्रबार साँझ पानीको बहाव १ लाख १० हजार क्यूसेक पुगेको थियो। पानीको बहाव १ लाख नाघ्नेबित्तिकै चार पांग्रे सवारी साधनको अवागमनमा रोक लागइने गरिएको छ।

 

सम्बन्धित समाचार