लागूऔषधसहित २ जना पक्राउ

16.6k Shares

काठमाडौँ । सुर्खेत र झापाबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।  सुर्खेतको भेरीगंगा नगरपालिका–५ बाट जुम्ला चन्दननाथ नगरपालिका–५ बस्ने २८ वर्षीय युवराज पक्राउ परेका छन् ।

अधिकारीका साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने ११ ग्राम ७ सय ७० मिलिग्रामसहित पदार्थ बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्युरोले जनाएको छ । 

त्यस्तै झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट सोही नगरपालिका– ६ भानुनगर बस्ने २८ वर्षीय आकाश भुजेल पक्राउ परेका छन् । उनलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम १३ मिलिग्राम पदार्थसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

सम्बन्धित समाचार