जसपाको कार्यवाहक अध्यक्षमा राजेन्दप्रसाद श्रेष्ठ

17.3k Shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन शनिवार त्यसतर्फ प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठले पाएका हुन् ।

पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको प्रचार विभागका संयोजक पूर्ण बस्नेतले जानकारी दिए ।   उनका अनुसार अध्यक्ष यादव भदौ २१ गतेसम्म भारतमै रहने बताए । 
सम्बन्धित समाचार