पहिरोले मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध

15.2k Shares

मुग्लिन, ८ भदौ । पहिरो खसेसँगै मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध भएको छ। 

चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दिखोलामा शुक्रबार साँझ पहिरो खसेसँगै सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो। हाल पहिरो पन्छाउने कार्य सुरु भैसकेको र पहिरो पन्छाएर सडक खुलाउन करिब २ घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। सडक अवरुद्ध भएसँगै यात्रु अलपत्र परेका छन्।

सम्बन्धित समाचार