रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

17.8k Shares

जनकपुरधाम । रौतहटमा ट्रकको ठक्करबाट एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका – १ हाईवेस्थित नुनथर मन्दिर जाने बाटोमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पैदल यात्रीलाई ना६प १५०० नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ ५५ वर्षीया होम माया मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी उमाशङ्कर यादवले जानकारी दिएका छन् ।

महिलाको मृत्यु पछि आक्रोशित स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेका छन् । प्रदर्शनकारीहरूका अनुसार ट्रकले ठक्कर दिएपछि महिला घाइते भएकी थिइन् । तर उनलाई उद्धार गर्नुको सट्टा ट्रकले ब्याक उनलाई किचेर मारेको थियो । सोही आक्रोशमा स्थानीयहरूले ट्रकमा तोडफोड र आगजनी गरेका थिए ।

सम्बन्धित समाचार